Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    कांग्रेसले कसैसँग मिलेर आन्दोलन गर्दैन : महामन्त्री कोइराला

    कांग्रेसले कसैसँग मिलेर आन्दोलन गर्दैन : महामन्त्री कोइराला


    • सोमवार, माघ २६ २०७७

    • नेपाल वाइड


    कांग्रेसले कसैसँग मिलेर आन्दोलन गर्दैन : महामन्त्री कोइराला

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसले कसैसँग मिलेर आन्दोलन नगर्ने बताएका छन् । कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पाँचौ स्मृति दिवसको अवसरमा काठमाडौँमा सोमबार भएको कार्यक्रममा महामन्त्री कोइरालाले कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिलेर होइन पार्टीले एक्लै गर्ने बताएका हुन् ।

    कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जान नहुँने कोइरालाको भनाइ छ । संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने कोइरालाले बताए । उनले पार्टी कार्यकर्ताहरूलाई समेटेर एकजुट बनाएर अगाडि बढ्न सके कांग्रेसको भविष्य उज्वल रहेको बताए । कार्यक्रममा नेकपा (दाहाल-नेपाल समूह) का स्थायी कमिटी सदस्य रघुजी पन्तले संविधानको रक्षा गर्नु अहिलेको मुल दायित्व भएको बताए ।

    उनले संविधान, लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्नुपर्ने बताए । अहिले संघीयता र धर्मनिरपेक्षताको बारेमा प्रश्‍न उठाएर संविधानलाई कमजोर बनाउनु नहुने बताए । पन्तले वैशाखमा निर्वाचन नहुने भन्दै संविधानको रक्षाको निम्ति सबै राजनीतिक दल मिलेर आन्दोलनमा जानुपर्ने बताए ।

    सम्बन्धित समाचार