आइतवार, माघ २५ २०७७
नेपाल वाइड
काठमाडौं । बैतडीकी नीरा बोहोराले चौथोपटक शल्यक्रियामार्फत शिशु जन्माएकी छन् । ३७ वर्षीया नीराको काठमाडौंको नर्भिक अस्पतालमा आज दिउँसो चौथो शल्यक्रिया गरिएको हो ।
यसअघि तीनपटक शल्यक्रिया गरेर जन्मिएका बच्चामध्ये पहिलो र दोस्रोको मृत्यु भएको थियो । तेस्रो र अहिले जन्मएको बच्चा भने स्वस्थ रहेको शल्यक्रियामा संलग्न वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. नूतन शर्माले जानकारी दिइन् ।
सामान्यत: तीन पटकभन्दा बढी शल्यक्रिया गरेर बच्चा जन्माउनु जोखिमपूर्ण मानिन्छ । चौथोपटक सफल शल्यक्रिया गरिएको नीराको ‘केस’ भने दुर्लभ भएको डा. शर्माले बताइन् । अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य छ ।