Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    ओली निकट युवा संघद्धारा दीपशिखालाई संयोजकबाट निस्कासन

    ओली निकट युवा संघद्धारा दीपशिखालाई संयोजकबाट निस्कासन


    • आइतवार, माघ २५ २०७७

    • नेपाल वाइड


    ओली निकट युवा संघद्धारा दीपशिखालाई संयोजकबाट निस्कासन

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले संयोजकबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई निष्कासन गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आइतबारबाट शुरू भएको युवा संघको केन्द्रीय समिति बैठकले दीपशिखालाई संयोजकबाट निष्काशन गर्ने निर्णय गरेको हो ।

    सह-संयोजक रमेश पौडेलले संयोजक सापकोटालाई निष्कासन प्रस्ताव बैठकमा राखेका थिए। बैठकले कम्युनिष्ट आन्दोलन र समृद्ध नेपाल, सुखी नेपाली अभियानविरुद्ध गतिविधि गरेको भन्दै दीपशिखालाई संयोजकबाट निष्काशन गर्ने निर्णय गरेको हो । युवा संघ इन्चार्ज महेश बस्नेतको उपस्थितिमा भएको बैठकले सापकोटालाई निष्कासन गरेपछि रमेश पौडेलको अध्यक्षतामा बैठक शुरु भएको हो । आइतबारबाट सुरु बैठकले नयाँ नेतृत्व चयन गर्ने छ ।

    सम्बन्धित समाचार