शनिवार, माघ २४ २०७७
नेपाल वाइड
काठमाडौं । कोभिड १९ विरुद्धको खोप अभियानअन्तर्गत सरकारले दोस्रो चरणको खोप फिल्डमा खटिने सञ्चारकर्मी र दूतावासका कर्मचारीलाई समेट्ने भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयको आजको सचिवस्तरीय बैठकबाट दूतावासमा कार्यरत कर्मचारी र विदेशी कर्मचारीको हकमा तिनका परिवारलाई समेत खोप दिने निर्णय भएको हो ।
पहिलो चरणको खोप अभियान शनिबार सकिएसँगै मन्त्रालयले प्राथमिकतामा परेका तर छुटेकाहरुका लागि दोस्रो चरणको कार्यक्रम सुरु गर्ने योजना बनाएको छ । पहिलो चरणमा चार लाख ३० हजारलाई खोप दिने लक्ष्य रहे पनि शनिबारसम्म एक लाख ८४ हजार ८५७ जनाले खोप लिएका थिए ।