Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    देशको पछिल्लो राजनितिक अवस्थाबारे ‘श्वेतपत्र’ सार्वजनिक हुन्छ : अध्यक्ष दाहाल

    देशको पछिल्लो राजनितिक अवस्थाबारे ‘श्वेतपत्र’ सार्वजनिक हुन्छ : अध्यक्ष दाहाल


    • शनिवार, माघ २४ २०७७

    • नेपाल वाइड


    देशको पछिल्लो राजनितिक अवस्थाबारे ‘श्वेतपत्र’ सार्वजनिक हुन्छ : अध्यक्ष दाहाल
    फायल तस्बिर

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको पछिल्लो अवस्थाका बारेमा छिट्टै श्वेतपत्र सार्वजनिक गर्ने बताएका छन । मिडिया एलाइन्ससँग पार्टीका तर्फबाट आयोजना गरिएको अन्तरक्रियामा उनले नेकपामा पछिल्लो पटक देखिएको विवाद किन ?र के कारणले उत्पन्न भएको हो ? र, यसले पारेको प्रभावलगायत विषय समेटिएको श्वेतपत्र जारी गर्न लागिएको बताएका हुन ।

    उनले सशस्त्र सङ्घर्ष, शान्ति सम्झौता, संविधानसभा हुँदै पछिल्लो निर्वाचन शान्ति, समृद्धि र सुशासनका लागि भएपनि त्यो अनुरुप मुलुक अघि बढ्न नसकेको उल्लेख गरे । अध्यक्ष दाहालले भने, “मुलुकको पछिल्लो अवस्थाबारे हामी छिटोभन्दा छिटो श्वेतपत्र जारी गर्ने तयारी गर्दैछौँ । त्यसमा समग्र विषय समेटिने छ ।” उनले नेपाली जनताका प्रतिनिधिले निर्माण गरेको संविधानको रक्षा र बलिदानबाट प्राप्त उपलब्धि जोगाउनु अहिलेको प्राथमिकता भएको बताए ।

    उनले यतिबेला सत्य र असत्य, लोकतन्त्र र पश्चगमनबीचको लडाई भइरहेको स्पष्ट पारे । उनले सङ्घीय संसदमा भएका दुईतिहाइ बढीले संसद् विघटन असंवैधानिक भनेर सङ्घर्षमा रहेको जिकिर गरे । अध्यक्ष दाहालले संविधान र व्यवस्थाको रक्षा गर्नु पहिलो दायित्व भन्दै त्यसका लागि सबैको सहयोग आवश्यक पर्ने पनि बताए ।

    “अहिले हामी संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सडकमा छौँ । हामी नागरिक आन्दोलनसँगै छौँ, मिडियाकर्मीको भावनासँगै जोडिएका छौँ भन्ने लागेको छ”, अध्यक्ष दाहालले भने,“लोकतन्त्रको हत्या गर्ने र लोकतन्त्रलाई जोगाउनेहरु उस्तै उस्तै भनेर बुझ्नु हुँदैन ।” उनले संयुक्त जनपरिचालनका लागि विभिन्न राजनीतिक दल, नागरिक समाजलगायतसँग छलफल भइरहेको जानकारी दिए । 

     

    सम्बन्धित समाचार