Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    प्रतिनिधिसभा विघटनको विरुद्धमा देशभरका ७७ वटै जिल्लामा कांग्रेसको विरोध प्रदर्शन

    प्रतिनिधिसभा विघटनको विरुद्धमा देशभरका ७७ वटै जिल्लामा कांग्रेसको विरोध प्रदर्शन


    • शनिवार, माघ २४ २०७७

    • नेपाल वाइड


    प्रतिनिधिसभा विघटनको विरुद्धमा देशभरका ७७ वटै जिल्लामा कांग्रेसको विरोध प्रदर्शन
    प्रतिनिधिसभा विघटनको विरुद्धमा खोटाङमा कांग्रेसका शुभेच्छुक संस्थाहरू मौन विरोध प्रदर्शन गर्दै

    काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसका १९ वटा शुभेच्छुक संस्थाहरूले आज काठमाडौं उपत्यकासहित देशभरका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेका छन् । कांग्रेसको तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत शुभेच्छुक संस्थाहरूले मुलुकभर विरोध प्रदर्शन गरेका हुन ।

    यता, खोटाङमा पनि प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले शनिबार मौन विरोध प्रदर्शन गरेका छन् । नेपाल ट्रेड युुनियन कांग्रेस, नेपाल प्रजातान्त्रिक महासंघ, नेपाल निजामति कर्मचारी युनियन संघ, नेपाल शिक्षक संघ, नेपाल प्रेस युनियन, प्रजातन्त्रवादी प्राध्यापक संघ, स्वास्थ्यकर्मी संघ, नेपाल सांस्कृतिक संघ, लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ, वित्तिय संस्था, स्कुल अफ डेमोक्रेसीलगायतका शुभेच्छुक संस्थाहरूले मौन विरोध प्रदर्शन गरेका हुन् ।

    दिक्तेलबजारस्थित त्रिवेणीचोकमा मध्यान्ह १२ बजेदेखी साढे १२ः३० सम्म कालो मास्क लगाई प्रतिनिधिसभा विघटनविरुद्ध विभिन्न नारा लेखिएको प्ले कार्डसहित मौन विरोध प्रदर्शन गरिएको नेपाल प्रजातन्त्रिक महासंघ खोटाङका अध्यक्ष अनिल आचार्यले बताए । 

     

    सम्बन्धित समाचार