Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    संसद विघटनको विरोधमा संयुक्त आन्दोलन गरौ : डा.भट्टराई

    संसद विघटनको विरोधमा संयुक्त आन्दोलन गरौ : डा.भट्टराई


    • शनिवार, माघ २४ २०७७

    • नेपाल वाइड


    संसद विघटनको विरोधमा संयुक्त आन्दोलन गरौ : डा.भट्टराई
    फायल तस्बिर

    काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संसद विघटनको विरोधमा संयुक्त आन्दोलन गर्नुपर्ने बताएका छन । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै शनिबार धनकुटामा आयोजित विरोधसभामा भट्टराईले सबै दल र नागरिक समाजलाई मतभेद विर्सेर आन्दोलनमा आउन आग्रह गरे ।

    ‘कांग्रेस, नेकपा माधव-प्रचण्ड पक्ष, जसपा, जनमोर्चा, विवेकशील लगायतका पार्टी, नागरिक समाज सबै मिलेर एउटा आन्दोलनको आँधी बेहरी सिर्जना गर्‍यौं भने एक हप्ताभित्र केपी ओलीले घुँडा टेक्छन्’ उनले भने । ओलीको प्रतिगामी कदमविरुद्ध सडक संघर्ष नै उपर्युक्त विकल्प भएको उनको भनाइ थियो ।

    सम्बन्धित समाचार