Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    कोरोनाबाट आज मृत्यु शून्य, ९९ जना संक्रमित थपिए

    कोरोनाबाट आज मृत्यु शून्य, ९९ जना संक्रमित थपिए


    • शनिवार, माघ २४ २०७७

    • नेपाल वाइड


    कोरोनाबाट आज मृत्यु शून्य, ९९ जना संक्रमित थपिए
    प्रतिकात्मक तस्बिर

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन । कोरोना संक्रमण उच्च विन्दुमा पुगेयता मृत्यु शून्य भएको यो तेस्रोपटक हो । कोरोनाका कारण देशभर हालसम्म दुई हजार ३५ जनाको मृत्यु भइसकेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ९९ जनामा संक्रमण पुष्टि भएको छ ।

    योसँगै देशभर कोरोना संक्रमतिको कुल संख्या दुई लाख ७१ हजार ८०६ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा २४८ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६७ हजार ८१२ पुगेको छ । हाल देशभर एक हजार ९५९ जना आइसोलेसनमा छन् भने ९५ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

    सम्बन्धित समाचार