Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    राष्ट्रिय महिला लिग फुटबलमा आजबाट दोस्रो चरणको खेलहरू सुरू हुँदै

    राष्ट्रिय महिला लिग फुटबलमा आजबाट दोस्रो चरणको खेलहरू सुरू हुँदै


    • शनिवार, माघ २४ २०७७

    • नेपाल वाइड


    राष्ट्रिय महिला लिग फुटबलमा आजबाट दोस्रो चरणको खेलहरू सुरू हुँदै
    फायल तस्बिर

    काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा आजबाट दोस्रो चरणको खेलहरू सुरू हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार हुने दोस्रो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका खेल्ने छन् । दुई टिमबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । चौदण्डीविरुद्ध मैदान उत्रदा आर्मी सहज जितको खोजीमा हुनेछ ।

    आर्मी सहज जित निकाल्दै उपाधि होड कायम राख्न चाहन्छ । दोस्रो स्थानको आर्मीले ६ खेलमा १३ अंक जोडेको छ । जित विहिन रहेको चौदण्डी पुछारमा रहेको छ । जारी महिला लिगको पहिलो चरणसम्म साविक विजेता एपीएफ अपराजित रहेको छ । एपीएफ ६ खेलमा ६ जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

    यस्तै विराटनगर महानगरपालिका १० अंक जोडेर तेस्रो स्थानमा रहदा ८ अंक जोडेको नेपाल पुलिस चौथो स्थानमा रहेको छ । वालिङ नगरपालिका ८ अंक जोडेर पाँचौ र ३ अंक जोडेको चन्द्रपुर छैटौ स्थानमा रहेको छ ।

    सम्बन्धित समाचार