Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    संवैधानिक निकायमा भएका नियुक्ति बदरको माग गर्दै दायर रिटमा कारण देखाउ आदेश जारी

    संवैधानिक निकायमा भएका नियुक्ति बदरको माग गर्दै दायर रिटमा कारण देखाउ आदेश जारी


    • शुक्रवार, माघ २३ २०७७

    • नेपाल वाइड


    संवैधानिक निकायमा भएका नियुक्ति बदरको माग गर्दै दायर रिटमा कारण देखाउ आदेश जारी
    फायल तस्बिर

    काठमाडौं । संवैधानिक निकायमा भएका नियुक्ति बदरको माग गर्दै दायर रिटमा कारण देखाउ आदेश जारी भएको छ । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले संवैधानिक आयोगमा गरिएका नियुक्ति बदरको माग गर्दै दायर गरेको रिटमा सुनुवाइ गर्दै आज न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

    बुधबार ११ वटा संवैधानिक निकायका प्रमुख र सदस्यले शपथ लिएका थिए । शपथसमेत रोक्न माग गरिएको रिटमा शपथ भइसकेकाले सोबारे फैसलामा बोल्ने आदेशमा उल्लेख भएको सर्वाेच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए । रिटमा संसदीय सुनुवाइ नगरी नियुक्त गरिनु असंवैधानिक भएको भन्दै उनीहरूलाई काम गर्नबाट रोक्नुपर्ने र नियुक्ति बदर गर्नुपर्ने माग गरिएको छ ।

    शुक्रबार सोही नियुक्तिविरुद्ध सभामुख अग्नि सापकोटाले पनि प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायतलाई विपक्षी बनाई रिट दायर गरेका छन् । 

    सम्बन्धित समाचार