Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ताजा जनादेशका लागि आगामी वैशाखमा निर्वाचन : उपप्रधानमन्त्री पोखरेल

    ताजा जनादेशका लागि आगामी वैशाखमा निर्वाचन : उपप्रधानमन्त्री पोखरेल


    • शुक्रवार, माघ २३ २०७७

    • नेपाल वाइड


    ताजा जनादेशका लागि आगामी वैशाखमा निर्वाचन  : उपप्रधानमन्त्री  पोखरेल

    काठमाण्डौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताभन्दा ठूला न्यायाधीश अरु नभएकाले ताजा जनादेशका लागि आगामी वैशाखमा निर्वाचनमा जान लागिएको बताएका छन् । नेकपा ओली समूहले आयोजना गरेको आमसभामा उनले अहिलेको लडाइँ पद प्राप्तिका लागि नभएर मुलुकलाई स्थिरता दिनका लागि भएको बताएका हुन् ।

    लामो राजनीतिक अस्थिरताबाट आक्रान्त मुलुकलाई स्थायित्व दिने र आर्थिक विकास समृद्धिबाट पछि परेको मुलुकलाई अघि बढाउने प्रधानमन्त्री ओलीको उद्देश्य रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले ‘संविधानको रक्षा गर्दै अराजकताको अन्त्य गर्ने उद्देश्यमा अघि बढिरहँदा त्यसलाई असफल गर्ने काम भएकाले’ सोकोविरुद्ध प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताए ।

    सम्पूर्ण कुराको फैसला जनताले गर्ने भएकाले ताजा जनादेशमा जाने निर्णय गरेर अघि बढिएको उनले बताए । हिजो महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई फेरि महाधिवेशन नगरी हटाउन खोजिएको बताउँदै उनले भने, ‘यो कुरा आमजनता र कार्यकर्ताले रुचाएका छैनन् ।’ 

    सम्बन्धित समाचार