शुक्रवार, माघ २३ २०७७
नेपाल वाइड
काठमाडौं । नेकपाको केपी शर्मा ओली समूहले आज राजधानीमा शक्ति प्रदर्शन गर्यो । नारायणहिटीअघि आयोजित सभालाई प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा बादल, सत्यनारायण मण्डललगायतले सम्बोधन गरे । केही दिनअघि देखि नै तयारी गरिएको सभामा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
प्रधानमन्त्री ओलीलाई गाडीबाटै मञ्चमा पुग्ने व्यवस्था गरिएको थियो । नेकपा ओली समूहले शुक्रबार काठमाडौंमा गरेको सभा इतिहासकै ठूलो भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित सभालाई सम्बोधन गर्दै ओलीले जनताको भेल उर्लिएको बताए । उनले कार्यक्रममा उपस्थित भएकाहरुलाई नारा लगाउन उत्साहीसमेत गराए । आफैंले पनि केहीबेर नारा लगाएका थिए ।