शुक्रवार, माघ २३ २०७७
नेपाल वाइड
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अमेरिकी मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी)बारे अन्तिम निर्णयमा पुगिनसकेको बताएका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले शुक्रबार ललितपुरस्थित होटेल हेरिटेजमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले हिजो आमहड्तालका क्रममा आफूले एमसीसीविरोधी नारा नलगाउन भनेको बताए । एमसीसीबारे पार्टी अन्तिम निर्णयमा नपुगिसकेकाले आफूले त्यसो भनेको जिकिर उनले गरे ।
पूर्वनिर्धारित नाराबाहेक अन्य नारा नलगाउन मात्र आफूले सम्झाएको भन्दै उनले एमसीसी परिमार्जित गरि लागु गर्नुपर्ने पक्षमा आफू रहेको बताए । आफूले अमेरिकी रादूतसँगको भेटमा पनि यसलाई परिमार्जन गर्न सकिने वा नसकिनेबारे छलफल गरेको उनले बताए । बिहीबार आम हड्तालका क्रममा पुल्चोकमा एमसीसी खारेज गर भन्ने नारा लागेपछि दाहालले सो नारा रोक्न नेतृ पम्फा भुषाललाई निर्देशन दिएका थिए ।