Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    ओली समूहकाे नेकपाले आज शक्ति प्रदर्शन गर्दै

    ओली समूहकाे नेकपाले आज शक्ति प्रदर्शन गर्दै


    • शुक्रवार, माघ २३ २०७७

    • नेपाल वाइड


    ओली समूहकाे नेकपाले आज  शक्ति प्रदर्शन गर्दै
    फायल तस्बिर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको (नेकपा)ले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । ओली समूहले आज नारायणहिटी संग्राहलय अगाडि आमसभा गर्ने तयारी गरेको छ । आम सभाभाका लागि दरबार मार्गका रोड डिभाइडर हिजो नै हटाइएको छ ।

    आजको आमसभामा ओली समूहले ३ लाख कार्यकर्ता उतार्ने दाबी गरेको छ । यसका लागि काठमाडौं उपत्यका बाहिरबाट पनि कार्यकर्ता ल्याउने तयारी गरिएको छ । सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । काठमाडौंमा जम्मा भएका कार्यकर्ताहरु विभिन्न १३ ठाउँबाट प्रदर्शनसहित सभास्थल नारायणहिटी पुग्ने छन् । दिउँसो १२ बजेबाट सभा सुरु हुनेछ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विभाजित भएको नेकपाको एउटा पक्षको नतृत्त्व ओलीले गरेका छन् भने अर्को पक्षको नेतृत्त्व पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले गरेका छन् ।

    सम्बन्धित समाचार