Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सामाखुसीमा ट्याक्सीमा आगजनी, काठमाडौंबाट प्रचण्ड–माधव समूहका ६० जना पक्राउ

    सामाखुसीमा ट्याक्सीमा आगजनी, काठमाडौंबाट प्रचण्ड–माधव समूहका ६० जना पक्राउ


    • बिहिवार, माघ २२ २०७७

    • नेपाल वाइड


    सामाखुसीमा ट्याक्सीमा आगजनी, काठमाडौंबाट प्रचण्ड–माधव समूहका ६० जना पक्राउ

    काठमाडौं । प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्ताल सफल बनाउन सडकमा उत्रिएका ६० जना पक्राउ परेका छन् । नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापालगायत काठमाडौंबाट ६० जना नेता तथा कार्यकर्ता पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए । सिंहका अनुसार सामाखुसीमा आन्दोलनकारीले एउटा ट्याक्सी जलाएका छन् ।

    संवैधानिक आयोगहरुमा नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले आज आम हड्ताल गर्ने घोषणा गरेको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायका पदाधिकारीहरुलाई शपथ खुवाइएको थियो ।

    आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना नै नियुक्ति र पद तथा गोपनीयताको शपथग्रहण गराइएको भन्दै त्यसकै विरोधमा नेकपाले आमहड्ताल घोषणा गरेको हो ।

    सम्बन्धित समाचार