Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    मतदाता नामावली

    दिप्रुङका ५१२ र खोटेहाङका ४३४ जना मतदाता नामावलीबाट हटाइए/सच्याइए

    दिप्रुङका ५१२ र खोटेहाङका ४३४ जना मतदाता नामावलीबाट हटाइए/सच्याइए


    • बुधवार, माघ २१ २०७७

    • नेपाल वाइड


    दिप्रुङका ५१२ र खोटेहाङका ४३४ जना मतदाता नामावलीबाट हटाइए/सच्याइए

    खोटाङ । माघ २१, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ५१२ जना मतदाताको मतदाता नामावलीबाट नाम हटाइएको/सच्याइएको छ । आगामी बैसाख १७ र २७ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्ष्यीत गर्दै मतदाता नामावलीमा दावी बिरोधका लागि गत माघ १५ गते गाउँपालिकाभरीका मतदाताको नामावली प्रकाशन गरिएकामा ५१२ जनाको नाम मतदाता नामावलीको सूचीबाट हटाइएको/सच्याइएको हो ।

    मृत्यु भएका र बसाई सराई गरिसकेका मतदाताको नाम हटाइएको तथा दोहोरो नाम भएका मतदाताको नाम सच्याइएको सहायक नाम दर्ता अधिकारी शम्भु तामाङले बताए । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका ५० जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका १०७ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका ५१ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका ८३ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका ५४ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका ५७ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका ११० जनाको नाम मतदाता नामावलीबाट हटाउनका लागि बुधबार अन्तिम नामावली प्रकाशन गरिएको छ ।

    स्थानीय पञ्जिकाधिकारीले प्रमाणित गरेर उपलव्ध गराएको विवरणका आधारमा उनीहरुको नाम मतदाता नामावलीबाट हटाइएको सहायक नाम दर्ता अधिकारी तामाङले बताए । प्रकाशित मतदाताको नामावलीमाथि माघ १६ गतेदेखि १८ गतेसम्म दावी बिरोधका लागि समय दिइएको थियो । यद्यपी, मतदाता नामावलीमाथि भने कसैको दावी विरोध नपरेको जनाइएको छ ।

    ‘दावी बिरोधका लागि वडा–वडामा मतदाता नामावलीको सूची प्रकाशन गरिएको थियो, त्यसमध्ये मृत्यु भएका, बसाई सरिसकेका र दोहोरो नाम भएका व्यक्तीको नाम हटाइएको/सच्याइएको छ,’ तामाङले भने, ‘स्थानीय पञ्जिकाधिकारीले प्रमाणित गरेर उपलव्ध गराएको विवरणका आधारमा हटाइएको र सच्याइएको अन्तिम नामावली प्रकाशन गरिएको हो ।’ यस्तै, खोटेहाङ गाउँपालिकामा दावी बिरोध/सूचना प्राप्त भएको मतदाताको सम्वन्धमा जाँचबुझ गर्दा ४३४ मतदाताको नाम मतदाता नामावलीबाट सच्याउने/हटाउने निर्णय भएको छ ।

    सम्बन्धित समाचार