Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    संवैधानिक अंगका पदाधिकारी एवं सदस्य नियुक्ती खारेजीको माग

    संवैधानिक अंगका पदाधिकारी एवं सदस्य नियुक्ती खारेजीको माग

    देशव्यापी आमहड्ताललाई सहयोगका लागि अपिल

    • बुधवार, माघ २१ २०७७

    • नेपाल वाइड


    खोटाङ । माघ २१, नेपाल कम्यूनिष्ट पार्टी खोटाङ (दाहाल–नेपाल समुह)ले संवैधानिक अंगका पदाधिकारी एवं सदस्य नियुक्ती खारेजीको माग गरेको छ । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवं गैर–कानूनीढंगले बल मिच्याइ गरेर संवैधानिक अंगका पदाधिकारी एवं सदस्यहरुलाई बुधवार सपथ ग्रहण गराइएको भन्दै नेपाल कम्यूनिष्ट पार्टी (दाहाल–नेपाल समुह)ले विज्ञाप्ती जारी गर्दै विरोध जनाएको हो ।

    नेपाल कम्यूनिष्ट पार्टी खोटाङ (दाहाल–नेपाल समुह)का अध्यक्ष पृथ्बी किरातीले जारी गरेको विज्ञाप्तीमा संवैधानिक परिषदका सदस्य प्रतिनिधिसभाका सभामुखलाई प्रकृयागत ढंगले उपस्थितिको लागि पत्राचारै नगरी अवैधानिक बैठकमार्फत गरिएको संवैधानिक अंगका पदाधिकारी एवं सदस्य नियुक्तीको भत्र्सना गर्दै तत्काल खारेजीको लागि माग गरेका छन् ।

    वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन विरुद्ध आम राजनैतिक पार्टी, नागरिक समाज, संघसंस्था र जनसमुदाय आन्दोलनरत रहेको अवस्थामा पुःन अर्को संवैधानिक कदम चालिएको विज्ञाप्तीमा उल्लेख छ ।

    तमाम प्रतिगामी कदमहरु नसच्चिए जस्तोसुकै कलम चाल्न तयार रहेको अवगत गराउँदै सो पार्टीले सम्पूर्ण असंवैधानिक गतिविधिको विरुद्धमा बिहिबार आव्हान गरिएको देशव्यापी आमहड्ताललाई सहयोगका लागि अपिल गरेको छ । हड्तालका क्रममा अस्पताल, औषधि, एम्बूलेन्स जस्ता अत्यावश्यक सेवाहरु भने सूचारु हुने विज्ञाप्तीमा जनाइएको छ ।

    सम्बन्धित समाचार