Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    ललिता निवास जग्गा भ्रष्टाचार प्रकरण :

    भाटभटेनी सुपरमार्केटका संञ्चालक मीनबहादुर गुरुङ दुई करोड रुपैयाँ धरौटीमा रिहा

    भाटभटेनी सुपरमार्केटका संञ्चालक मीनबहादुर गुरुङ दुई करोड रुपैयाँ धरौटीमा रिहा


    • बुधवार, माघ २१ २०७७

    • नेपाल वाइड


    भाटभटेनी सुपरमार्केटका संञ्चालक  मीनबहादुर गुरुङ दुई करोड रुपैयाँ धरौटीमा रिहा
    फायल तस्बिर

    काठमाडौँ । ललिता निवास जग्गा भ्रष्टाचार प्रकरणमा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई दुई करोड रुपैयाँ धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ । व्यवसायी गुरुङमाथि ललिता निवास जग्गा हिनामिनाको अभियोग लागेको करिब एक वर्षपछि बुधबार विशेष अदालत उपस्थित भएका थिए ।

    विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले गुरुङलाई धरौटीमा रिहा गर्ने निर्णय गरेको हो । उनीविरुद्ध ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित समाचार