Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    संवैधानिक आयोगमा नियुक्त भएकाहरुलाई कामकाजमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर

    संवैधानिक आयोगमा नियुक्त भएकाहरुलाई कामकाजमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर


    • बुधवार, माघ २१ २०७७

    • नेपाल वाइड


    संवैधानिक आयोगमा नियुक्त भएकाहरुलाई कामकाजमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर
    फायल तस्बिर

    काठमाडौं । संवैधानिक आयोगहरुमा नियुक्त भएकाहरुलाई कामकाजमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले मंगलबार सर्वोच्च अदालतमा पेश गरेको निवेदन बुधबार अबेर दर्ता भएको हो । त्रिपाठीले रिट दर्ता भएको र रिटमा संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति संविधान विपरित भएकाले बदर गर्न माग गरिएको बताए ।

    “२०७७ मंसिर ३० गतेको संवैधानिक परिषद्को निर्णय प्रतिषेधको आदेशद्वारा कार्यान्वयन नगर्नू र सो मितिको सिफारिस एवं निर्णयको आधारमा संवैधानिक आयोगमा नियुक्त, सपथ ग्रहण तथा पदभार ग्रहण गरी कुनै कार्य नगर्नू/नगराउनू,” रिटमा भनिएको छ । रिटमा संसद ञ्चालन निमावलीमा रहेको ४५ दिनको प्रावधान संसदीय सुनुवाइ समिति नरहेको अवस्थामा लागु नहुने भन्दै नियुक्ति बदरको माग गरिएको छ ।

    सम्बन्धित समाचार