Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    प्रचण्ड–नेपाल समूहको बिहीबार देशव्यापी आमहड्ताल

    प्रचण्ड–नेपाल समूहको बिहीबार देशव्यापी आमहड्ताल


    • बुधवार, माघ २१ २०७७

    • नेपाल वाइड


    प्रचण्ड–नेपाल समूहको बिहीबार देशव्यापी आमहड्ताल

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । नेकपा केन्द्रीय संघर्ष समितिले आज पत्रकार सम्मेलन गरेर भोलि आमहड्ताल गर्ने घोषणा गरेको हो ।

    संवैधानिक आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना नै आज बिहान पद तथा गोपनीयताको शपथग्रहण गराइएको थियो । त्यसकै विरोधमा आमहड्ताल घोषणा गरिएको हो । सरकारले गएको मंसिर ३० गते अध्यादेश ल्याएर संवैधानिक आयोगहरूमा रिक्त रहेका पदमा सिफारिस गरेको थियो ।

    असंवैधानिक तरिकाले अध्यादेश ल्याएर नियुक्त गरेका संवैधानिक निकायका पदाधिकारीहरुलाई शपथ खुवाइएर जबर्जस्ती नाटक गरिएको संघर्ष समितिका सह–संयोजक पम्फा भुसालले बताइन् । उक्त समूहले बुधबार साँझ मसाल जुलुस गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    सम्बन्धित समाचार