बुधवार, माघ २१ २०७७
नेपाल वाइड
खोटाङ । माघ २१, सुपर खोटाङ भोजपुर यातायात प्रालिको दोश्रो साधारणसभा सम्पन्न भएको छ । ‘नयाँ युवा, नयाँ सोच, सदैब यात्रुको आरामदायी खोज, राम्रो पनि, हाम्रो पनि’ भन्ने नाराका साथ सेवा प्रवाह गरिरहेको प्रालिको दोश्रो साधारणसभा धरानमा सम्पन्न भएको हो ।
धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईको प्रमुख आतिथ्यता एबं सिजन गुरुङको विशेष आतिथ्यतामा आईतबार प्रालीको साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले समितिको रिक्त उपाध्यक्ष पदमा कोपिला तामाङ, महासचिवमा चक्रबहादुर थापा, सचिवमा रेषजोन राई र कोषाध्यक्षमा ईन्द्रबहादुर खडकालाई मनोनित गरेको छ ।
यस्तै, सदस्यमा राजु राई, शिव हिङ्माङ, योगेश राई र सुवास खड्का चयन भएका छन् । सुपर खोटाङ भोजपुर यातायात प्रालिले हाल ४५ वटा सुमो गाडीमार्फत सेवा प्रवाह गरिरहेको छ । प्रालीले धरानदेखि भोजपुरसम्म, धरानदेखि खोटाङ, बाक्सिला, ऐसेलुखर्क, पाथेका, खार्मी र निर्मलीडाँडासम्म जीप सञ्चालन गरिरहेको छ । यस्तै केही समयअघिदेखि दिक्तेलदेखि काठमाण्डौँसम्म १९ सिटे हायस सञ्चालन सुरु गरिसकेको जनाएको छ ।
यस्तै, यात्रुको माग अनुसार धरानदेखि खोटाङसम्म हायस गाडी सञ्चालन गर्ने योजना बनाइएको सुपर खोटाङ भोजपुर यातायात प्रालिका अध्यक्ष दिवासन राईले बताए । यात्रुको माग अनुसार धरानदेखि खोटाङसम्म फुटल सेवा समेत सञ्चालन गर्ने योजना रहेको प्रालिले जनाएको छ । कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख राईले सडकको बिस्तारसँगै क्रमशः पहाडी क्षेत्रमा बजार बिस्तार हुँदै गएको बताए ।