बुधवार, माघ २१ २०७७
नेपाल वाइड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको भ्रातृ संगठन राष्ट्रिय युवासंघ नेपालले आज काठमाडौं उपत्यकामा बृहत मोटरसाइकल र्याली निकाल्दैछ । माघ २३ गते काठमाडौंमा आयोजना हुने नेकपाको जनसभा तयारीका लागि युवासंघले मोटरसाइकल र्याली निकाल्न लागेको हो ।
आज मध्यान्ह ललितपुरको बालकुमारी पुलबाट सुरू हुने र्याली सातदोबाटो, लगनखेल, जाउलाखेल, थापाथली,त्रिपुरेश्वर, आरएनसी,जमल, दरबारमार्ग नारायणहिटी, जयनेपाल, कमलपोखरी, रातोपुल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने पुगेर सकिनेछ । नेकपा ओली समूहे बागमती प्रदेशको आयोजनामा माघ २३ गते काठमाडौंमा जनसभा आयोजना हुँदैछ ।
नारायणहिटी नजिकैको सडकमा हुने सो जनसभालाई प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीले लगायत शीर्ष नेताले सम्बोधन गर्ने नेकपा बागमती प्रदेशले जनाएको छ ।