मंगलवार, माघ २० २०७७
नेपाल वाइड
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले आन्दोलनका थप कार्यक्रमको घोषणा गरेको छ। प्रतिनिधसभा विघटनको विरोधमा चरणवद्ध आन्दोलन गर्दै आएको जसपाले थप कार्यक्रम सार्वजनिक गरेको हो । मंगलबार विज्ञप्ति जारी गर्दै जसपाले प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगमनकारी कदम भएको भन्दै जिल्लस्तरका प्रदर्शन गर्न लागेको हो ।
माघ २३ गते जनप्रदर्शन, २५ गते पुत्ला दहन र २८ गते मसाल जुलुस निकाल्ने जसपाले जनाएको छ । त्यस्तै, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, पालिका र वडास्तरमा स्थानीय स्थिति अनुरूप विरोध कार्यक्रमहरू निर्धारण गरी आन्दोलन निरन्तर जारी राख्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।