Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कोभिड–१९ विरुद्धको खोप

    खोटाङका ४५२ जनालाई कोभिड विरुद्धको खोप

    खोटाङका ४५२ जनालाई कोभिड विरुद्धको खोप

    १ हजार ६१८ जनालाई कोभिड विरुद्धको खोप दिईने

    • सोमवार, माघ १९ २०७७

    • नेपाल वाइड


    खोटाङका ४५२ जनालाई कोभिड विरुद्धको खोप
    कोभिड विरुद्धको खोप लगाउँदै स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देल

    खोटाङ । माघ १९, खोटाङमा पाँच दिनमा ४५२ जनालाई कोभिड–१९ विरुद्धको खोप दिइएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणकाक्रममा अग्रपंक्तीमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बूलेन्स चालक तथा सरसफाईमा संलग्न कर्मचारी गरी ३२२ महिला र १३० पुरुषलाई खोप दिइएको हो ।

    कोभिड रोकथाम तथा नियन्त्रणकाक्रममा अग्रपंक्तीमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई जिल्ला अस्पतालबाट माघ १५ गतेदेखि खोप दिन सुरु गरिएको हो । उनीहरुलाई आगामी माघ २४ गतेसम्म खोप दिइने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलका अनुसार खोप लगाइएका स्वास्थ्यकर्मी, कर्मचारी कसैलाई पनि साइडईफेक्ट देखिएको छैन ।

    यद्यपी, केहीलाई थकान हुने, ज्वरो आउने, टाउको र जिउ दुख्ने समस्या देखिएको छ । औषधिले २० प्रतिशतमा सामान्य अशर देखा पर्ने सिग्देलले बताए । कोभिड–१९ को संक्रमण दर र मृत्यु दरमा कमी ल्याउने उद्धेश्यले पहिलो चरणमा पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बूलेन्स चालक तथा सरसफाईमा संलग्न कर्मचारी गरी १ हजार ६१८ जनालाई कोभिड विरुद्धको खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    स्वास्थ्यकर्मीका अनुसार कोभिडको संक्रमणबाट बच्नका लागि पहिलो खोप लगाएका व्यक्तीले पुःन २८ दिनपछि अर्को खोपको डोज लगाउनु पर्ने हुन्छ । कोभिड विरुद्धको खोप लगाउनका लागि जिल्लामा ३५६ भायल भ्याक्सिल आएको छ । यो भनेको ३ हजार ५६० डोज औषधि हो । यसले १ हजार ७८० जनालाई खोप दिन पुग्ने सिग्देलले बताए ।

    सम्बन्धित समाचार