सोमवार, माघ १९ २०७७
नेपाल वाइड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य र विष्णु पौडेललाई महासचिवबाट हटाएको छ । स्थायी कमिटी बैठकको उक्त निर्णय केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरिएको हो ।
सोमबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकले ओली र पौडेलमाथिको कारबाहीलाई अनुमोदन गरेको हो । बैठकले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय पनि गरेको छ । यस्तै, बैठकले म्यानमार घटनाको निन्दा गरेको छ । म्यानमारमा सोमबार सेनाले गरेको ‘कू’को निन्दा गरेको हो ।