सोमवार, माघ १९ २०७७
नेपाल वाइड
नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडी नुवाकोटमा तोडफोड भएको छ । प्रचण्ड–नेपाल समुहका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा पोखरेलको गाडी तोडफोड गरेका हुन् ।
कार्यक्रममा सहभागी हुने क्रममा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप भएको हो । गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव समुहले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा दैनिक रुपमा विरोध कार्यक्रम गर्दै आइरहेका छन् ।
यता, वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी मीरा चौधरीले बाटोमा अवरोध गर्ने कार्य भएको र अहिले अवस्था सामान्य रहेको जानकारी दिइन् । उनले गाडी तोडफोड नभएको दाबी गरेकी छिन् ।