आइतवार, माघ १८ २०७७
नेपाल वाइड
काठमाडौं । खानेपानीमन्त्री मणि थापाले भुलबस ‘श्री ५ को सरकार’ भनेको भन्दै क्षमा मागेका छन् । उनले शनिबार सुर्खेतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा श्री ५ को सरकारको तर्फबाट भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
“शनिबार नेपाल कम्युनिस्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलबस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ ।
आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु,’’ उनले फेसबुकमा लेखेका छन्, “मेरो पूरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’’