Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बलात्कार प्रयासको आरोपी पक्राउ

    बलात्कार प्रयासको आरोपी पक्राउ


    • शनिवार, माघ १७ २०७७

    • नेपाल वाइड


    बलात्कार प्रयासको आरोपी पक्राउ
    प्रतिकात्मक तस्बिर

    सप्तरी । बलात्कार प्रयासका फरार एक आरोपी आज पक्राउ परेका छन् । सप्तरीको रूपनी गाउँपालिका–३, मलाहाटोलका २६ वर्षीय नरेश मुखिया मलाहालाई बलात्कार प्रयासको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    गत कात्तिक ६ गते राति शौचालय गएका बेला आरोपितले बलात्कार प्रयास गरेको भन्दै एक महिलाले उजुरी गरेकी थिइन् । पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी कात्तिक २७ गते नै दर्ता भए पनि फरार रहेकाले खोजतलासका क्रममा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए । रासस

    सम्बन्धित समाचार