Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै

    प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै


    • शनिवार, माघ १७ २०७७

    • नेपाल वाइड


    प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै
    फायल तस्बिर

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदैछन् । केन्द्रीय बस टर्मिनल भरतपुरमा चितवन जिल्ला कमिटीको आयोजनामा हुने सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    सभालाई प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभाअघि भरतपुरका विभिन्न स्थानवाट र्‍याली निकाल्ने तयारी छ । सभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री ओलीले भरतपुरमा बन्न लागेको पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारको शुभारम्भ गर्ने कार्यक्रम पनि रहेको छ ।

    सम्बन्धित समाचार