शनिवार, माघ १७ २०७७
नेपाल वाइड
काठमाडौँ । नेकपाको दाहाल-नेपाल समूहले आज कैलालीको धनगढीमा सरकारविरूद्ध शक्ति प्रर्दशन गर्दैछ । हजारौँ कार्यकर्ताको र्याली दिउँसो १ बजे खुलामञ्चमा सभामा परिणत हुने सो समूहका सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले जानकारी दिए । सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालसहितका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
यसअघि पुस २४ मा सोही स्थानमा ओली समूहले गरेको विशाल प्रदर्शनलाई धक्का दिने गरी कार्यकर्ता उतार्न रावलसहितका नेताहरू केही दिनदेखि जनसभाको तयारीमा कैलालीमा छन् । सभाअघि दिउँसो १ बजे चौराहा र क्याम्पस रोड दुवै तर्फबाट ‘विशाल र्याली’ निकालिने रावलले जानकारी दिएका छन् ।
प्रदर्शनलाई लक्षित गरि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । जनसभाको पूर्वसन्ध्यामा शुक्रबार बेलुका मोटरसाइकल र्यालीसमेत निकालेको थियो । पुस ५ मा प्रतिनिधिसभा विघटनपछि ओली र दाहाल- नेपाल समूहमा विभाजित नेकपामा समानन्तर बैठक र शक्ति प्रदर्शन गर्दै एकअर्काको चर्को आलोचना गरिरहेका छन् । दुबै पक्षले एकअर्काको चर्को आलोचनासहित समानन्तर शक्ति प्रदर्शनको होड चलाइरहेका छन् ।