शुक्रवार, माघ १६ २०७७
नेपाल वाइड
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा सञ्चालित ईटिसि इलेक्ट्रोनिक्स एण्ड सप्लायर्सले बम्पर लक्की ड्र योजनाका विजेता घोषणा गरेको छ । बिहिबार साँझ हलेसी एफएमबाट लाईभ कार्यक्रम गर्दै ईटिसि इलेक्ट्रोनिक्सले बम्पर लक्की ड्र योजनाका विजेता घोषणा गरेको हो ।
बार्षिक कार्यक्रम अनुशार २०७६ साल कात्तिक १० गतेदेखि गत पुस २९ गतेकोबिचमा ईटिसि इलेक्ट्रोनिक्सबाट १० हजारभन्दा बढि मूल्या पर्ने मोबाईल, टिभी, फ्रिज लगायतका विद्युतीय उपकरण खरिद गर्ने २ हजार २७५ जना ग्राहकमध्येबाट लक्की विजेताको टुंगो लगाइएको हो । विद्युतीय सामग्री खरिद गर्ने ग्राहकलाई दिइएको भ्याटबिलको ओसिको आधारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका काजी बस्नेतले बम्पर उपहार अन्तरगत ४० ईन्चको स्मार्ट टिभी जितेका छन् ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका युवराज खत्रीले स्मार्ट फोन जितेका छन् । केपिलासगढी गाउँपालिका–३ बासपानीका तुलाराम राई र दिक्तेलका युवी शाहले एक/एक थान राइसकुकर तथा दिक्तेलका समुन्द्रप्रसाद जोशी र केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाका गुमानसिं बस्नेतले एक/एक थान आइरन जितेका छन् ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका रवि राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका सुनिता रम्तेल, दिक्तेलका रामबहादुर राई, साकेला गाउँपालिका मात्तिमका रिता दाहाल र साकेला गाउँपालिका–२ रतन्छाका महेन्द्र यादवले एक/एक थान फिचर मोबाईल जितेको ईटिसि इलेक्ट्रोनिक्स एण्ड सप्लायर्सका प्रोपाइटर कुमार बजिमयले बताए ।
उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष उपिनकुमार राई, नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई, महासंघका सचिव उत्तम चौंलागाई र हलेसी एफएमकै सञ्चारकर्मीमार्फत चिट्ठा टिपाएर उपहार विजेताको टुंगो लगाइएको हो । ईटिसि इलेक्ट्रोनिक्स एण्ड सप्लायर्सले २०७५ सालदेखि आफ्नो ग्राहकलाई सहभागी गराएर बम्पर लक्की ड्र योजना सञ्चालन गर्दैआएको छ ।
हरेक लक्ष्मी पुजाको दिन लक्की ड्र योजनाका विजेता घोषणा गर्ने गरिएको भए पनि यसपल्ट कोभिड–१९ को महामारीका कारण निर्धारित मितिभन्दा केही पछि विजेता घोषणा गरिएको प्रोपाइटर बजिमयले बताए । लक्की ड्र योजनाका विजेता घोषणाको लाईभ कार्यक्रम उद्योग बाणिज्य संघका महासचिव मनोज बजिमयले सञ्चालन गरेका थिए ।