Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    प्रधानमन्त्रीलाई लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश

    प्रधानमन्त्रीलाई लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश


    • बिहिवार, माघ १५ २०७७

    • नेपाल वाइड


    प्रधानमन्त्रीलाई लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश
    फायल तस्बिर

    काठमाडौँ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ दिनभित्र आफै उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई बाटोको म्याद बाहेक ७ दिनभित्र अदालतमा उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको हो ।

    प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता डाक्टर कुमार शर्मा आचार्यले मुद्दा दायर गरेका थिए ।

    यसैबीच चार पूर्व प्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीका साथै पूर्व सभामुख दमननाथ ढुंगानालाई पनि बाटोको म्यादबाहेक ७ दिनभित्र अवहेलना मुद्दामा जवाफ दिनका लागि आदेश दिएको हो । 

    प्रधानमन्त्री ओलीलाई अवहेलना मुद्दामा अदालतमा उपस्थित गराएर बयान लिई कारबाही गर्नुपर्ने माग कानून व्यवसायीहरूले गरेका थिए । अदालतमा विचाराधीन मुद्दामा अभिव्यक्ति दिएको भन्दै सर्वोच्च अदालतमा प्रधानमन्त्रीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन दायर गरेका थिए ।

    सम्बन्धित समाचार