Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आगलागीमा १८ लाख ९२ हजारको क्षती : पिडितलाई गाउँपालिकाको राहत

    आगलागीमा १८ लाख ९२ हजारको क्षती : पिडितलाई गाउँपालिकाको राहत


    • सोमवार, माघ १२ २०७७

    • नेपाल वाइड


    आगलागीमा १८ लाख ९२ हजारको क्षती : पिडितलाई गाउँपालिकाको राहत
    आगोले जलेको बुद्धि लम्सालको घर

    खोटाङ । माघ १२, खोटाङको रावाबेँसी गाउँपालिकाले अग्नी पिडित परिवारलाई राहत प्रदान गरेको छ । आईतबार भएको आगलागीमा घर जल्दा विस्थापित भएका रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी धैरेनीटारका बुद्धि लम्सालको परिवारलाई गाउँपालिकाले एक थान त्रिपाल, ९० केजी चामल, ५ केजी नुन, ५ केजी दाल र १० लिटर तेल प्रदान गरेको हो । अग्नी पिडितलाई गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले सोमबार घरको भग्नावशेषमा पुगेर राहत प्रदान गरेका छन् ।

    Rahat Bitaran Palika .jpg

    आगोले जलेको बुद्धि लम्सालको घर र राहत प्रदान गर्दै रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला 

    यस्तै, अग्नी पिडित परिवारलाई वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले पनि ६० केजी चामल, ५ केजी चिनी, ५ लिटर तेल, २ केजी दाल र ४ केजी नुन प्रदान गरेका छन् । छिमेकी गुणराज पाण्डेको कटेरोमा गाईवस्तुको खोले पकाउने क्रममा सल्किएको आगोले लम्सालको घर जलेको हो । आगलागीमा लम्सालको करिब १८ लाख ९२ हजार बराबरको क्षती भएको अनुमान गरिएको छ ।

    लम्सालको दुई/दुई तले दुई वटा घर, कटेरो तथा ३ लाख ५० हजार नगद, ३ तोला सुन, २१ मुरी धान, ७ मुरी मकै लगायत जलेको प्रहरीले जनाएको छ । दिउँसो २.१५ बजे सुरु भएको आगो प्रहरीचौकी डुम्रेधारापानी र प्रहरीचोकी हरम्टारबाट खटिएका प्रहरी र स्थानीयको टोलीले ४.२५ बजे नियन्त्रणमा लिएको थियो । घर जलेपछि लम्साल परिवारका पाँच जनाको विचल्नी भएको छ ।

     

    सम्बन्धित समाचार