Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    मनकारी वडाध्यक्ष : कराते संघलाई दिए ल्यापटप र प्रिन्टर

    मनकारी वडाध्यक्ष : कराते संघलाई दिए ल्यापटप र प्रिन्टर


    • सोमवार, माघ १२ २०७७

    • नेपाल वाइड


    मनकारी वडाध्यक्ष  : कराते संघलाई दिए ल्यापटप र प्रिन्टर
    कराते संघलाई ल्यापटप र प्रिन्टर प्रदान गर्दै वडाध्यक्ष ललितकुमार राई

    खोटाङ । माघ १२, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ वडा कार्यालयले नेपाल सितोरियो कराते संघलाई ल्यापटप र प्रिन्टर प्रदान गरेको छ । सितोरियो कराते संघको संस्थागत विकासका लागि सहयोग पुर्‍याउन वडा कार्यालय बाम्राङले एक थान ल्यापटप र एक थान प्रिन्टर प्रदान गरेको हो ।

    आईतबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष ललितकुमार राईले नेपाल सितोरियो कराते संघका जिल्ला अध्यक्ष सञ्जय राईलाई ल्यापटप र प्रिन्टर हस्तान्तरण गरेका छन् । पछिल्लो समय खोटाङका सितोरियो करातेका खेलाडीले विभिन्न प्रतियोगीतामा उत्कृष्ट नतिजा हासिल गरिरहेको अवस्थामा प्रोत्साहन स्वरुप ल्यापटप र प्रिन्टर प्रदान गरिएको वडाध्यक्ष राईले बताए ।

    ‘खेलाडी भनेका जिल्ला र देशका गहना हुन् । हाम्रो ईज्जत हुन् । उनीहरुलाई साथ र सहयोग गर्नु हाम्रो दायित्व हो,’ वडाध्यक्ष राईले भने, ‘युवालाई खेलकुदमा क्षेत्रमा इंगेज गराउन सकियो भने कुलतमा फस्नबाट जोगाउन सकिन्छ । स्वास्थ्यका हिसावले पनि खेलकुदमा सहभागी हुनु राम्रो हो । यस हिसावले हामीले कराते संघलाई सहयोग गर्ने निर्णय गरेका हौँ ।’

     

    सम्बन्धित समाचार