Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    टिपरले ठक्कर दिँदा दुईजनाको मृत्यु

    टिपरले ठक्कर दिँदा दुईजनाको मृत्यु


    • सोमवार, माघ १२ २०७७

    • नेपाल वाइड


    टिपरले ठक्कर दिँदा दुईजनाको मृत्यु
    प्रतिकात्मक तस्बिर

    जलेश्वर । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा  टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४ बस्ने १७ वर्षीय गुड्डु नदाफ रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।  

    कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार आज बिहान ९ बजे सम्सीबाट गौशालातिर जाँदै गरेको ना ८ ख ९८० नं को टिपरले औरही नगरपालिका–४ कठुधार चौकस्थित सडकमा विपरीत दिशाबाट आइरहेको ज ६ प १४०९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रमोद र पछाडि सवार गुडडुको घटनास्थलमै मृत्यु भएको हो । 

    घटनापश्चात् स्थानीयवासीले शव सडकमा राखेर गौशाला– सम्सी सडकखण्ड जाम गरेका छन् भने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  रासस 

    सम्बन्धित समाचार