Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    निर्वाचन आयोगद्धारा नेकपाको दुवै पक्षलाई आधिकारिक नमान्ने निर्णय

    निर्वाचन आयोगद्धारा नेकपाको दुवै पक्षलाई आधिकारिक नमान्ने निर्णय


    • आइतवार, माघ ११ २०७७

    • नेपाल वाइड


    निर्वाचन आयोगद्धारा नेकपाको दुवै पक्षलाई आधिकारिक नमान्ने निर्णय
    फायल तस्बिर

    काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै पक्षलाई आधिकारिक नमान्ने निर्णय गरेको छ । आईतबार बसेको बोर्ड बैठकले दुवै पक्षको आधिकारिता दाबी नमान्ने निर्णय गरेको हो । आयोगले नेकपाभित्र एकले अर्कालाई कारबाही गर्न पठाएको पत्र र प्रधानमन्त्री केपी शर्मा ओली समूहको विस्तारित केन्द्रीय समिति ‘अभिलेखीकरण’ नगर्ने निर्णय गरेकाे हो । यससँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टी नै यथावत् रहने भएको छ । अब दुवै पक्षबाट दर्ता भएका पत्रलाई आयोगले अस्वीकार गरेपछि राजनीतिक दल विभाजनसम्बन्धी ऐनकाे दफा ४४ अनुरुप दलकाे नाम, छाप, झण्डा, चुनाव चिन्हको दाबीसहितको उजुरी प्रक्रियामा जानुपर्नेछ । विभाजित कुनै पनि समूहले आयाेगमा उजुरी दिएपछि मात्रै वैधानिकता सम्बन्धमा न्यायीक परीक्षण गर्ने निर्वाचन आयोगले जनाएको छ ।   

    सम्बन्धित समाचार