Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कृषि

    व्यसायीक तरकारी उत्पादनका लागि युवा किसान गंगाबहादुरले निर्माण गरे चार वटा हाइटेक

    व्यसायीक तरकारी उत्पादनका लागि युवा किसान गंगाबहादुरले निर्माण गरे चार वटा हाइटेक

    गँड्यौला मल र जैविक विषादि उत्पादनको समेत तयारी

    • शनिवार, माघ १० २०७७

    • नेपाल वाइड


    व्यसायीक तरकारी उत्पादनका लागि युवा किसान गंगाबहादुरले निर्माण गरे चार वटा हाइटेक
    युवा किसान गंगाबहादुर विश्वकर्माले निर्माण गरेको आधुनिक हाइटेक

    खोटाङ । माघ १०, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका युवा किसान गंगाबहादुर बिश्वकर्माले चार वटा हाइटेक निर्माण गरेका छन् । खोटाङ कृषि फार्म स्थापना गरेर व्यवसायीक रुपमा कृषि पेशा अपनाउँदै आएका बिश्वकर्माले उच्च मूल्यायुक्त तरकारी खेतीका लागि ४२ लाखको लागतमा एकैसाथ चार वटा हाइटेक निर्माण गरेका हुन् ।

    Udhaghatan photo.jpg

    स्वीच अन गरेर हाइटेकको उद्धघाटन गर्दै नगर प्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राईलगायत

    प्रदेश सरकार अन्तरगत कृषि ज्ञान केन्द्र खोटाङको ३२ लाख र खोटाङ कृषि फर्मको १० लाखमा निर्माण गरिएको हाइटेक शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गरेका छन् । प्रांगारिक कृषि अभियान कार्यक्रम अन्तरगत तरकारी, नर्सरी तथा च्याउ उत्पादन गर्ने गरी फरक–फरक आकारमा चार हाइटेक निर्माण गरिएको खोटाङ कृषि फार्मका प्रवन्धक रहेका बिश्वकर्माले बताए ।

    अर्गानिक नगर बनाउने अभियान चलाइरहेको नगरपालिकामा युवा किसान बिश्वकर्माले गोलबेँडा, अकबरे खुर्सानी, बन्दा, काउली, काँक्रो, गाँजरलगायतका तरकारी खेती गर्नेगरी मंसिर ५ गतेदेखि हाईटेक निर्माण सुरु गरेका थिए । जिआइ पाईप र यूबी प्लाष्टिक प्रयोग गरेर बनाइएको हाइटेकमा उत्पादित तरकारी र च्याउ दिक्तेलबजार लगायतका ठाउँमा खपत गराउने लक्ष्य छ ।

    Khotang Krisi f1.jpg

    अर्गानिक तरकारी उत्पादनका लागि युवा किसान गंगाबहादुर विश्वकर्माले निर्माण गरेको आधुनिक हाइटेक

    तापक्रम, हावा, पानीलाई नियन्त्रण गरी बालीनालीका लागि अनुकुल वातावरण सिर्जना गर्ने हाइटेक निर्माणका क्रममा भएको आयव्यायका विषयमा शुक्रबार नै सार्वजनिक सुनुवाई गरिएको छ । प्रांगारिक कृषि अभियान कार्यक्रम अन्तरगत बिश्वकर्माले आधुनिक बंगुर खोर तथा भकारो सुधार, च्याउको बोइलर मेसिन सहितको घर निर्माण गरेका छन् ।

    यस्तै, गँड्यौला मल र जैविक विषादि उत्पादनको तयारी गरिएको छ । विगतदेखि नै तरकारी, माछा, फलफुल खेती गर्दैआएका बिश्वकर्मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरकार्यापालिका सदस्य पनि हुन् । हाइटेक उद्घाटनकाक्रममा उपमेयर बिणादेबी राई, वडाध्यक्ष हर्क खत्री, कृषि ज्ञान केन्द्रका प्रमुख हरिनारायण राई लगायतको उपस्थिति रहेको थियो ।

    Khotang Krisi f3.jpg

    अर्गानिक तरकारी उत्पादनका लागि युवा किसान गंगाबहादुर विश्वकर्माले निर्माण गरेको आधुनिक हाइटेक

    सम्बन्धित समाचार