Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भीरबाट लडेर गम्भीर घाईते भएका तामाङको उपचारमा आर्थिक समस्या

    भीरबाट लडेर गम्भीर घाईते भएका तामाङको उपचारमा आर्थिक समस्या


    • शुक्रवार, माघ ९ २०७७

    • नेपाल वाइड


    भीरबाट लडेर गम्भीर घाईते भएका तामाङको उपचारमा आर्थिक समस्या
    भीरबाट लडेर गम्भीर घाईते भएका बिजय तामाङ

    खोटाङ । माघ ९, फुटबल खेलेर घर फर्कनेक्रममा भीरबाट लडेर गम्भीर घाईते भएका खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीका १९ वर्षीय विजय तामाङको उपचारमा आर्थिक समस्या भएको छ । माघे संक्रान्तीको अवशरमा गत माघ १ गते फुटबल खेलेर घर फर्कनेक्रममा स्थानीय मानेडाँडाको भीरबाट लडेर गम्भीर घाईते भएका विजयको उपचारमा आर्थिक समस्या भएको हो ।

    टाउको लगायत शरीरका विभिन्न ठाउँमा गहिरो चोट लागेका तामाङको हाल न्यूरो अस्पताल बिराटनगरको आइसियूमा राखेर उपचार भइरहेको छ । भीरबाट करिब डेढ सय मिटर तल खसेका तामाङको देब्रे आँखामाथि र थाप्लोमा गहिरो चोट लागेको छ । उनको घाँटीमुनि बायाँ करङ पनि भाँचिएको साईला दाई सुब्बा तामाङले बताए ।

    भीरबाट लडेका विजयको ठूलो चोट बाहेक शरीरका जताततै चोट लागेको छ । उनलाई रातारात गरेर माघ २ गते बिहान अस्पतालमा पुर्‍याइएको थियो । आइसियूमा राखिएका विजयको हालसम्म होस खुलेको छैन । घाईते विजयको घाउमा खाता बसेको र सुन्निएको भाग घट्दै गए पनि होस र बोली नआएको सुब्बाले बताए ।

    लडेर गम्भीर घाईते भएका विजयको जीवन रक्षाका लागि स्थानीय नरेश राईको संयोजकत्वमा तीन सदस्यीय आर्थिक संकलन सहयोग समिति गठन गरिएको छ । समितिले शुक्रबार ३२ हजार २१० रुपैयाँ रकम संकलन गरेर बिरामीका दाई सुब्बाको खातामा जम्मा गरिदिएको छ ।

    उपचारका लागि संकलन गरिएको रकम सुब्बाको नाममा लक्ष्मी बैंकमा खोलिएको खाता नम्बर ०२९२६०११९५३ मा जम्मा गरिदिएको आर्थिक संकलन सहयोग समितिले जनाएको छ । घाईतेको उपचारकोक्रममा साँढे तीन लाखको हाराहारीमा खर्च भइसकेको दाई सुब्बाले बताए । सहयोग समितिले विजयको उपचारका लागि सहयोग गर्न देशविदेशका सहयोगीलाई आग्रह गरेको छ ।

     

     

    सम्बन्धित समाचार