Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    चन्द्रागीरि हिल्सको आईपीओ आज बाँडफाँट हुने

    चन्द्रागीरि हिल्सको आईपीओ आज बाँडफाँट हुने


    • शुक्रवार, माघ ९ २०७७

    • नेपाल वाइड


    चन्द्रागीरि हिल्सको आईपीओ आज बाँडफाँट हुने

    काठमाडौं । चन्द्रागीरि हिल्सको आईपीओ आज बाँडफाँट हुने भएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज बाँडफाँट गर्ने गर्न लागिएको हो ।  

    कम्पनीको आईपीओमा १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएका छन् । ४५ हजार ६३१ आवेदन रद्द भएका छन् ।  १२ लाख ११ हजार आवेदनमध्ये १ लाख ३९ हजार ६०० आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाउने छन् । बाँकीको हात रित्तो हुनेछ । 

    यसैबीच, चन्द्रागीरि हिल्सले स्थानीय तथा सर्वसाधारणका लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिने आवेदकलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । हिल्सले सबैलाई सेयर पर्ने सम्भावना न्यून रहेकाले आवेदन दिने सबैलाई सम्मानस्वरुप यो व्यवस्था गरेको जनाएको छ । छुट पाउने आवेदन दिएको प्रमाण पेस गर्नुपर्छ । आवेदनकर्ताले एक वर्षसम्म यस्तो छुट पाउनेछन् ।

    सम्बन्धित समाचार