Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    संसद विघटन मुद्दामाथिको बहस जारी : इजलासले माग्यो राजपत्रमा प्रकाशित सूचना

    संसद विघटन मुद्दामाथिको बहस जारी : इजलासले माग्यो राजपत्रमा प्रकाशित सूचना


    • बिहिवार, माघ ८ २०७७

    • नेपाल वाइड


    संसद विघटन मुद्दामाथिको बहस जारी : इजलासले माग्यो राजपत्रमा प्रकाशित सूचना
    फायल तस्बिर

    काठमाडौँ । संसद विघटनको मुद्दामाथिको बहस जारी छ । बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएका छन् । अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले बिहीबारको सुनुवाइका क्रममा विघटनको सदर गरेपछि राजपत्रमा प्रकाशित समेत नगरेको भन्द‌ै बहस गरेका थिए ।

    उनीहरूको बहस सुनेपछि संवैधानिक इजलासले महान्यायाधीवक्ता कार्यालयसँग राजपत्रमा प्रकाशित भएको सूचना भए उपलब्ध गराउन भनेको छ । नायब महान्यायाधीवक्ता पदम पाण्डेसँग प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजपत्रको सूचना उपलब्ध गराउन भनेका हुन् ।

    प्रकाशन नभएपछि त्यो अनाधिकृत हो भन्ने कुराको थप प्रमाण हो भन्ने अर्यालको तर्क थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

    सम्बन्धित समाचार