Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कोरोना भ्याक्सिन

    १० लाख डोज कोरोना भ्याक्सिन नेपाल आइपुग्यो

    १० लाख डोज कोरोना भ्याक्सिन नेपाल आइपुग्यो

    १० देखि १५ दिनमा खोप लगाउन सुरु गर्ने मन्त्रालयको योजना

    • बिहिवार, माघ ८ २०७७

    • नेपाल वाइड


    १० लाख डोज कोरोना भ्याक्सिन नेपाल आइपुग्यो
    कोरोना भ्याक्सिन

    काठमाडौं । भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) काठमाडौं आइपुगेको छ । १० लाख डोज भ्याक्सिन आज बिहान काठमाडौं ल्याइएको हो ।

    भ्याक्सिन लिएर आएको एयर इन्डियाको विमान बिहान ११ बजेर ५३ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । खोप रिसिभ गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा विमानस्थलमा पुगेका थिए ।

    सुरुमा खोप टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ र त्यहाँबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा पठाइनेछ । तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा शव व्यवस्थापन गर्ने टोलीलाई खोप दिइने मन्त्रालयले जनाएको छ । १० देखि १५ दिनमा खोप लगाउन सुरु गर्ने योजना मन्त्रालयको छ ।

    बेलायतको अक्सफोर्ड विश्वविद्यालय, एस्ट्राजेनेका कम्पनी र भारतको सिरम इन्स्टिच्युटले तयार गरेको कोभिसिल्ड भ्याक्सिन नेपालले पनि प्रयोग गर्न लागेको हो । भारतले ५ दिनअघि (१६ जनवरी) बाट खोप लगाउन सुरु गरेको छ । आफ्नो देशमा लगाउन थालेलगत्तै उसले नेपाल, बंगलादेशलगायत छिमेकी देशहरुलाई पनि अनुदानमा खोप दिएको हो ।  

     

    सम्बन्धित समाचार