Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    साकेलामा जसपाको नयाँ समिति

    संसद विघटनको विरोधमा साकेलामा जसपाको विरोध प्रदर्शन

    संसद विघटनको विरोधमा साकेलामा जसपाको विरोध प्रदर्शन

    पालिका स्तरिय सुरक्षा दलको संयोजकमा हरि

    • बिहिवार, माघ ८ २०७७

    • नेपाल वाइड


    संसद विघटनको विरोधमा साकेलामा जसपाको विरोध प्रदर्शन
    साकेलामा जसपाको विरोध र्‍याली प्रदर्शन

    खोटाङ । माघ ८, संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले खोटाङको साकेला गाउँपालिकामा विरोध प्रदर्शन गरेको छ । पाँच वर्षका लागि अनुमोदित सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंबैधानिक ढंगले संसद बिघटन गरेको भन्दै जनता समाजवादी पालिका समितिले मानेभञ्ज्याङमा विरोध र्‍याली प्रदर्शन गरेको हो ।

    कोभिड–१९ को महामारीकाबेला निर्वाचनको घोषणा गरेर मुलुकमाथि आर्थिक भार थोपर्ने प्रयास गरेको, संघीयता र गणतन्त्रलाई कमजोर पार्ने प्रयत्न गरिएको भन्दै जनता समाजवादीले बुधबार बिरोध र्‍याली प्रदर्शन गरेको जनाएको छ । बिरोध र्‍यालीपछि भएको सभालाई जनता समाजवादीका केन्द्रिय सदस्य सनबहादुर राई, केन्द्रिय सदस्य सुर्य राई, प्रदेश समिति सदस्य केशवराज कार्की, किरात राष्ट्रिय समिति सचिव एबं जिल्ला अध्यक्ष टंक थापा, किरात राष्ट्रिय समिति सदस्य प्रेम राई, समाजवादी युवा संघका केन्द्रिय सदस्य टिकाराम राई, समाजवादी विद्यार्थी यूनियनका केन्द्रिय सदस्य रविन खम्बू लगायतले सम्बोधन गरेका थिए । उनीहरुले असंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै प्रधानमन्त्री ओलीको कडा शव्दमा बिरोध जनाएका थिए ।

    साकेलामा जसपाको नयाँ समिति

    साकेला गाउँपालिकामा संघीय समाजवादी र राजपालाई जनता समाजवादीमा रुपान्तरण गरिएको छ । केन्द्रमा संघीय समाजवादी र राजपाबीचमा एकता भएको केही समयपछि गाउँपालिका स्तरिय पार्टी समितिलाई जनता समाजवादीमा रुपान्तरण गरिएको हो । राजपाको संगठन नभएको साकेला गाउँपालिकामा जय राईको अध्यक्षतामा ५१ सदस्यीय जनता समाजवादी पार्टीको गाउँपालिका समिति गठन गरिएको छ ।

    जिल्ला समितिको एकीकरण गर्नु अगाडि हाल संघीय समाजवादीको पालिका स्तरिय समितिलाई जसपामा रुपान्तरण गर्ने कार्यक्रम भइरहेको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा एकतापछिको रुपान्तरण टुंग्याइएपछि जिल्ला कार्य समितिको एकता टुंग्याइने संघीय समाजवादीका जिल्ला अध्यक्ष थापाले बताए ।

    पालिका स्तरिय सुरक्षा दलको संयोजकमा हरि

    साकेला गाउँपालिकामा जनता समाजवादी पार्टीको पालिका स्तरिय सुरक्षा दल गठन गरिएको छ । हरि राईको संयोजकत्वमा ११ सदस्यीय पालिका स्तरिय सुरक्षा दल गठन गरिएको हो । पार्टीको सुरक्षात्मक गतिविधि गर्ने, स्वयंसेवकको भूमीका निर्वाह गर्ने, विपदमा परेका जनतालाई सहयोग गर्ने लगायतका प्रयोजनका लागि सुरक्षा दल विस्तार गरिएको जनता समाजवादीले जनाएको छ ।

    सम्बन्धित समाचार