Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    कांग्रेसले आज देशभरका ६ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्दै

    कांग्रेसले आज देशभरका ६ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्दै


    • बिहिवार, माघ ८ २०७७

    • नेपाल वाइड


    कांग्रेसले आज देशभरका ६ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्दै
    फायल तस्बिर

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले आज देशभरका वडाहरुमा विरोध प्रदर्शन गर्दैछ ।

    संसद विघटनको कदमविरूद्ध गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा यही माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन सम्पन्न गरेको कांग्रेसले आज ६ हजार ७४३ वडामा आयोजना गर्ने विरोध प्रदर्शन गर्न लागेको हो ।

    विरोध प्रदर्शनमा सहभागी हुन सभापति शेरबहादुर देउवाले सबैमा अपिल समेत गरेका छन् । उनले वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सबैमा अपिल गरेका हुन् ।

    सम्बन्धित समाचार