Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    खोटाङको सप्तेश्वरमा जनता समाजवादीको वडा समिति

    खोटाङको सप्तेश्वरमा जनता समाजवादीको वडा समिति


    • बुधवार, माघ ७ २०७७

    • नेपाल वाइड


    खोटाङको सप्तेश्वरमा जनता समाजवादीको वडा समिति

    खोटाङ । माघ ७, खोटाङको केपीलासगढी गाउँपालिका–५ सप्तेश्वरमा जनता समाजवादी पार्टीको वडा समिति गठन गरिएको छ । मंगलबार सुरेश राईको अध्यक्षतामा जनता समाजवादीको २५ सदस्यीय वडा समिति गठन गरिएको हो । वडा समिति गठनकाक्रममा जनता समाजवादीले संसद विघटनका बिरुद्धमा बिरोध  र्‍याली तथा सभा गरेको छ ।

    विरोध सभालाई जनता मासजवादी पार्टीका जिल्ला अध्यक्ष टंक थापा, उपाध्यक्ष पिके खम्बू, सह–सचिव आशिष राई, केपीलासगढी गाउँपालिका अध्यक्ष गुरुराज राई, हलेसी तुवाचुङ नगरपालिका समितिका अध्यक्ष मविन्द्र राई लगायतले सम्बोधन गरेका थिए । संसद विघटनको बिरोधमा बुधबार साकेला गाउँपालिकामा जसपाले विरोध कार्यक्रम गरेको जनाएको छ । 

     

    सम्बन्धित समाचार