Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    ज्येष्ठ नागरिकलाई घरैमा स्वास्थ्य परामर्शको व्यवस्था मिलाउँदै जन्तेढुंगा गाँउपालिका

    ज्येष्ठ नागरिकलाई घरैमा स्वास्थ्य परामर्शको व्यवस्था मिलाउँदै जन्तेढुंगा गाँउपालिका

    घरैमा स्वास्थ्य परामर्श सेवा

    • आइतवार, माघ ४ २०७७

    • नेपाल वाइड


    ज्येष्ठ नागरिकलाई घरैमा स्वास्थ्य परामर्शको व्यवस्था मिलाउँदै जन्तेढुंगा गाँउपालिका
    जन्तेढुंगा गाउँपालिकाको कार्यालय

    खोटाङ । माघ ४, खोटाङको जन्तेढुंगा गाउँपालिकामा ज्येष्ठ नागरिकलाई घर–घरमै स्वास्थ्य परामर्श प्रदान गर्न सुरु गरिएको छ । उमेरका कारण स्वास्थ्य संस्थासम्म जान नसक्ने ज्येष्ठ नागरिकलाई हेव, अहेव र अनमीमार्फत घरैमा पुगेर स्वास्थ्य परामर्श सेवा उपलव्ध गराउन थालिएको हो ।

    जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयबाट ज्येष्ठ नागरिकलाई स्वास्थ्य परामर्श प्रदान गर्ने सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए । ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै स्वास्थ्य समस्यका बारेमा जानकारी लिएर आवश्यक परामर्श प्रदान गर्ने व्यवस्थाका लागि सो कार्यक्रम सुरु गरिएको हो ।

    ज्येष्ठ नागरिकलाई स्वास्थ्य परामर्श प्रदान गर्नका लागि सम्वन्धित वडा कार्यालयमार्फत स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा संयोजक पोखरेलले बताए । ज्येष्ठ नागरिकको हितलाई ध्यान दिएर अघि सारिएको स्वास्थ्य परामर्शका कार्यक्रमलाई क्रमशः अन्य पाँच वडामा बिस्तार गरिने गाउँपालिकाले जनाएको छ ।

    यस्तै, गाउँपालिकाभित्रका दिर्घ रोगीलाई निःशुल्क औषधि उपलव्ध गराउनका लागि उनीहरुको तथ्यांक संकलनको काम भइरहेको जनाइएको छ ।

    सम्बन्धित समाचार