आइतवार, माघ ४ २०७७
नेपाल वाइड
काठमाडौं । संसद विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आगामी प्रदर्शन र आन्दोलन हिसांत्मक बन्ने संकेत देखिएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आन्दोलन हिसात्मक बन्ने संकेत गरेका हुन् ।
अनेरास्ववियुको कार्यक्रममा प्रचण्डले पटक-पटक आक्रामक बन्न कार्यकर्ताहरुलाई निर्देशन दिए । प्रचण्डले भने, “यसपटक शाकाहारी आन्दोलनले पुग्दैन, यस्ता आन्दोलन पार्टीभित्र कति गरियो कति ।”
प्रचण्डले आवेगपूर्ण अभिव्यक्ति दिइरहँदा नेता-कार्यकर्ता ताली बजाइरहेका छन् । यति मात्रै होइन उनले आफूहरु ओलीविरुद्ध जाइलाग्ने अवस्थामा पुगेको बताए । केपी ओलीका मानिसहरूले अदालत, आयोगमा सेटिङ छ भन्दै हिँडेकाले उनीहरूविरूद्ध शाकाहारी आन्दोलनले नपुग्ने प्रचण्डको तर्क छ । उनले अबको आन्दोलनमा स्वयं आफैं टाउको फुटाउन तयार रहेकोसमेत बताए ।