Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    लघु उद्यम विकास कार्यक्रम

    हलेसी तुवाचुङमा मकैको खोसेलाबाट आकर्षक सामग्री बनाइने

    हलेसी तुवाचुङमा मकैको खोसेलाबाट आकर्षक सामग्री बनाइने

    मकैको खोसेलाको उपयोग

    • शनिवार, माघ ३ २०७७

    • नेपाल वाइड


    हलेसी तुवाचुङमा मकैको खोसेलाबाट आकर्षक सामग्री बनाइने
    फायल तस्बिर

    खोटाङ । माघ ४, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्दै महिलालाई आत्मनिर्भर बनाउने उद्यम विकास कार्यक्रम ल्याएको छ । मकै खोसेलेपछि गाईवस्तुलाई खुवाउनमा उपयोग भइरहेको खोस्टाबाट जुत्ता, चप्पल, झोला, पिरा, ढाकी लगायतका सामग्री उत्पादन गर्दै स्थानीयलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाले लघु उद्यम विकास कार्यक्रम ल्याएको हो ।

    खेर गइरहेका खोस्टाबाट घरायसी सामग्री उत्पादन गर्दै साना उद्यमका रुपमा विकास गर्ने र स्थानीयको गरिवि निवारणमा टेवा पुर्‍याउने लक्ष्यका साथ खोसेलाको सामग्री सम्वन्धी लघु उद्यम विकास कार्यक्रमको अवधारणा अघि सारिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले बताउनुभयो ।

    हाल नगरपालिकाका ११ वटै वडामा लघु उद्यम विकास कार्यक्रमका लागि आवेदन संकलन भइरहेको छ । यस वर्ष नगरपालिकाभित्रबाट इच्छुक ५० जना स्थानीयलाई छनौट गर्ने र व्यवसाय सञ्चालन सम्वन्धी तालिममा सहभागी गराएर पुःन खोस्टाको सामग्री निर्माण सम्वन्धी अर्को तालिम दिएर मात्र सामग्री उत्पादन सुरु गरिने छ ।

    खोस्टाबाट निर्माण गरिएका सामग्री छिमेकी देश चिनसम्म निर्यात गर्ने लक्ष्य राखिएको उपमेयर राईले बताउनुभयो । गरिवि निवारणको लागि खोस्टाको सामग्री निर्माण सम्वन्धी लघु उद्यम विकास कार्यक्रममा साधारण लेखपढ भएको मकैको खोसेलाको सामग्री निर्माण गर्न सक्ने सीप भएका वा अनुभव स्थानीयलाई प्राथमिकता दिइने नगरपालिकाले जनाएको छ ।

    महिलालाई प्राथमिकता दिइएको लघु उद्यम विकास कार्यक्रममा परुषले समेत सहभागीता जनाउन पाउने छन् । स्थानीयलाई स्वरोजगार बनाउनका लागि थरि–थरिका व्यवसायीक तालिम दिने गरिए पनि अन्यत्रबाट कच्चा पदार्थ ल्याउनुपर्ने वाध्यताका कारण बजारमा प्रतिष्पर्धा गर्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै यत्रतत्र पाइने खोसेलाको सामग्री उत्पादन सम्वन्धी उद्यमको अवधारणा अघि सारिएको हो ।

    सम्बन्धित समाचार