शनिवार, माघ ३ २०७७
नेपाल वाइड
खोटाङ । पुस ४, संसद विघटनको विरोधमा नेपाली काग्रेस खोटाङले दश वटै स्थानिय तहमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक ढंगले गरेको संसद विघटनको विरोधमा खोटाङ जिल्लाको दश वटै स्थानिय तहमा शनिबार पालिका स्तरीय विरोध प्रदर्शन गरेको हो ।
दुई नगरपालिका र आठ गाँउपालिका रहेको खोटाङमा वर्तमान ओली सरकारको असंवैधानिक कमद विरुद्ध विरोध प्रदर्शन गरिएको पार्टी सचिव ज्ञानेन्द्र जोशीले बताए । नारा जुलुससहित गरिएको कोणसभालाई कांग्रेसका विभिन्न तहका नेताहरुले संम्बोधन गरेका थिए ।
हलेसी तुवाचुङ नगरपालिकाको कोणसभालाई पार्टी सभापति नरेश कुमार श्रेष्ठ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कोणसभालाई महासमिति सदस्य दिनेश राई, रावावेशी गाउँपालिकाको कोणसभालाई पार्टी सचिव इच्छु राना र ऐसेलुखर्क गाउँपालिकाको कोणसभालाई महासमिति सदस्य रवि प्रकास राईले सम्बोधन गरेका थिए ।
यस्तै, केपिलासगढी गाउँपालिकाको कोणसभालाई महासमिति सदस्य तथा पूर्वमन्त्री सर्वधन राई, साकेला गाउँपालिकाको कोणसभालाई महाधिबेशन प्रतिनिधि विमला राई, दिप्रुङचुइचुम्मा गाउँपालिकाको कोणसभालाई महासमिति सदस्य तथा पूर्व पार्टी सभापति विष्णुकुमार राईले सम्बोधन गरेका थिए ।
यस्तै, खोटेहाङ गाउँपालिकाको कोणसभालाई महाधिबेशन प्रतिनिधि बिरकाजी राई, जन्तेढुंगा गाउँपालिकाको कोणसभालाई महासमिति सदस्य सुवास कुमार पोखरेल र बराहपोखरी गाउँपालिकाको कोणसभालाई पार्टी उपसभापति धर्मराज पोखरेलले सम्बोधन गरेका थिए । संसद विघटनको विरोधमा आगामी माघ ८ मा जिल्लाको ७९ वटै वडामा विरोध कार्यक्रम तय गरिएको नेपाली कागे्रस खोटाङले जनाएको छ ।