Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    देश बचाउने जिम्मा कांग्रेसमाथि : पौडेल

    देश बचाउने जिम्मा कांग्रेसमाथि : पौडेल


    • शनिवार, माघ ३ २०७७

    • नेपाल वाइड


    देश बचाउने जिम्मा कांग्रेसमाथि : पौडेल

    चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश बचाउने जिम्मा कांग्रेसमाथि आएको बताएका छन् । संसद् विघटनविरुद्ध शनिबार कांग्रेस चितवनले भरतपुरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै पौडेलले कांग्रेसले मात्र यो भुमरीबाट जनतालाई बचाउन सक्ने बताए । “संसद् विघटन गरेर ओली नेतृत्वको सरकारले संविधानमाथि मात्र होइन, राष्ट्रमाथि नै प्रहार गरेको छ,’’ उनले भने, ‘‘संविधान र देशलाई जोगाउने सवाल कांग्रेसको काँधमा छ ।’’

    संविधानको रक्षा कांग्रेसको प्रमुख एजेन्डा भएको भन्दै उनले अहिले नै चुनावबाट नआत्तिएको बताए । “कांग्रेस चुनाव आयो भनेर आत्तिहाल्दैन,’’ उनले भने, ‘‘संविधानको रक्षा गरेर, संविधान बचाएर मात्र कांग्रेसले चुनावको कुरा गर्छ ।’’ संविधान र राष्ट्र बचाउनका लागि संसद् पुनःस्थापना हुनुपर्ने भन्दै नेता पौडेलले कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए । संविधान जोगिए राष्ट्र जोगिने बताउँदै उनले भने, “खेत रहे न खेती गर्न सकिन्छ, त्यसैले संविधान रहे देश रहन्छ ।’’

    कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले अहिले कम्युनिस्टहरुको नकाबधारी अनुहार उदाङ्गिएको बताइन् । लोकतन्त्र र संविधानको चीरहरण गरेका केपी शर्मा ओलीले नक्कली राष्ट्रवादको टोपी लगाएको उनको आरोप छ । उनले ओलीलाई श्रीपेचबिनाको राजा बन्ने सपना नदेख्न पनि चेतावनी दिइन् । 

    निर्वाचनबाट नभागेको भन्दै निर्वाचन संविधानतः हुनुपर्ने आफूहरुको माग रहेको उनको भनाइ थियो । कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले नेकपाले लोकतन्त्र र संविधानमाथि कुठाराघात गरेकोले कांग्रेस एकजुट भएर सडकमा आएको बताए ।

    सम्बन्धित समाचार