Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    काठमाडौँका विभिन्न २१ स्थानमा विद्युत कटौती गर्दै प्राधिकरण

    काठमाडौँका विभिन्न २१ स्थानमा विद्युत कटौती गर्दै प्राधिकरण


    • शनिवार, माघ ३ २०७७

    • नेपाल वाइड


    काठमाडौँका विभिन्न २१ स्थानमा विद्युत कटौती गर्दै  प्राधिकरण

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आज पनि काठमाडौँका विभिन्न २१ स्थानमा विद्युत कटौती गर्दैछ । मर्मतको काम गर्नुपर्ने भएकोले बुढानिलकण्ठ सबस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट वितरित २१ स्थानमा विद्युत कटौती हुने छ ।

    महाराजगञ्ज वितरण केन्द्रका बसुन्धरा, मित्रनगर, गोंगबु गणेशस्थान, बसपार्कलगायतका क्षेत्रमा बिहान ७ बजे नै विद्युत कटौती भइसकेको छ । यस्तै भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुवर कोलोनी, मनकामना टोल, ग्रीनल्याण्ड चोकलगायतका क्षेत्रमा मध्यान्ह १२ बजेदेखि २ बजेसम्म विद्युत कटौती हुनेछ ।

    सानेपा राम मन्दिर, गुसिंगाल, एडभांस कलेज, लीला घर, अमरावती, सानेपा, मोड, रेडियंट स्कुललगायतका क्षेत्रमा भने बिहान ११ बजेदेखि १ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

    सम्बन्धित समाचार